अस्थायी ट्राफिक प्रहरी पोष्ट, खैरेनी रुपन्देहीमा कार्यरत प्रहरी जवान छबिलाल पोख्रेलले बिभिन्न बहाना बनाई डर त्रास देखाई टिप्पर गाडी रोकी दु:ख हैरानी दिने गरेको र टिप्पर आवत जावतमा सहजीकरण गरिदिने भनी सेवाग्राहीसँग पटक-पटक घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलबाट खटिई गएको टोलीले निज छबिलाल पोख्रेललाई सेवाग्राहीबाट रु. ३,०००।– (तीन हजार) घुस/रिसवत लिइसकेको अवस्थामा जिल्ला रुपन्देही, देवदह नगरपालिका वडा नं. ०७ स्थित अस्थायी ट्राफिक प्रहरी पोष्टको कार्यालयबाट उक्त रकमसहित मिति २०७६।१०।२४ गते नियन्त्रणमा लिई अनुसन्धान भइरहेको छ ।
तेस्तै प्रहरी चौकी खिदिम, अर्घाखाँची दरबन्दी भई हाल ट्राफिक प्रहरी पोष्ट रामनगर, बुटवल रुपन्देहीमा कार्यरत प्रहरी सहायक निरीक्षक सुर्य बहादुर अधिकारीले बिभिन्न बहाना बनाई डर त्रास देखाई टिप्पर गाडी रोकी दु:ख हैरानी दिने गरेको र टिप्पर आवत जावतमा सहजीकरण गरिदिने भनी सेवाग्राहीसँग पटक-पटक घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरीको आधारमा को कार्यालय बुटवलबाट खटिई गएको टोलीले निज सुर्य बहादुर अधिकारीलाई सेवाग्राहीबाट रु. ५,०००।– (पाँच हजार) घुस/रिसवत लिइसकेको अवस्थामा जिल्ला रुपन्देही, बुटवल उप- महानगरपालिका वडा नं. ०८ स्थित ट्राफिक प्रहरी पोष्ट रामनगरबाट उक्त रकमसहित मिति २०७६।१०।२४ गते नियन्त्रणमा लिई अनुसन्धान भइरहेको छ ।
तेस्तै जिल्ला प्रशासन कार्यालय सप्तरीका मुद्दा शाखामा कार्यरत कार्यालय सहयोगी (करार) केशव कुमार यादवले अभद्र व्यवहार मुद्दा पेशीमा राखी टुङ्गाईदिने प्रयोजनका लागि सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीबाट खटिई गएको टोलीले निज केशव कुमार यादवलाई सेवाग्राहीसँग रु. ४,०००।– (चार हजार) घुस/रिसवत बापतको रकम लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो ।अनुसन्धानको सिलसिलामा जिल्ला प्रशासन कार्यालय राजविराज सप्तरीमा कार्यरत कार्यालय सहयोगी (करार) केशव कुमार यादवले सेवाग्राहीसमेत बिरुद्धको सोही कार्यालयमा बिचाराधीन रहेको अभद्र व्यवहार सम्बन्धी मुद्दाको छिटो पेशी चढाई टुंग्याइदिने प्रयोजनको लागि सेवाग्राहीसँग रु. ४,०००।– घुस/रिसवतबापत रकम लिएको पुष्टि हुन आएकोले निज केशव कुमार यादवले गरेको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुर भएकोले निज केशव कुमार यादवलाई बिगो रु. ४,०००।– कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (क) बमोजिम जरिवाना र कैद सजाय हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ ।