
३ मङ्सीर, काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मोरङ जिल्ला जहदा गाउँपालिका वडा नं. १ का कार्यवाहक वडाअध्यक्ष साहलाई मंगलबार नियन्त्रणमा लिएको छ ।
कार्यवाहक वडाअध्यक्ष उमेशकुमार साहलाई अख्तियारको टोलीले वडा नं. १ बुधनगरको वडा कार्यालयबाट सेवाग्राहीसँग रु.२१ हजार घुस/रिसवत वापतको रकम बुझि लिई सकेको अवस्थामा पक्राउ गरेको हो।
वडा नं. १ स्थित हरिलाल सर्वरियाको घरदेखि बाँधसम्मको ग्राभेल सडक निर्माण योजनाको सम्झौता गरी कार्यान्वयन लगायतका कार्यमा सहजिकरण गरी दिने प्रयोजनका लागि घुस रकम माग गरिरहेको भन्ने सूचनाको आधारमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीबाट खटिई गएको टोलीले साहलाई पक्राउ गरेको हो।
श्रोतका अनुसार साहलाई मङ्सीर ३ गते नियन्त्रणमा लिइ थप अनुसन्धान भइरहेको छ ।
Total Page Visits: 1046 - Today Page Visits: 1