
मोरङ जिल्ला नापी कार्यालय बेलवारीमा कार्यरत सर्भेक्षक दिनेशकुमार साहले जग्गा नापी गरी सिमाङ्कन गरिदिने प्रयोजनका लागि सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवं निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीबाट खटिई गएको टोलीले निज सर्भेक्षक दिनेशकुमार साहलाई रु.७,०००/- (सात हजार) घुस/रिसवत लिइसकेको अबस्थामा उक्त रकमसहित बेलवारी न.पा. वडा नं. १० भाउन्ने चोकबाट नियन्त्रणमा लिई अनुसन्धान भइरहेको छ ।
Total Page Visits: 847 - Today Page Visits: 2