मोरङ जिल्ला BOP बख्री वेशमा कार्यरत सशस्त्र प्रहरी जवान नियन्त्रणमा

मोरङ जिल्ला BOP बख्री वेशमा कार्यरत सशस्त्र प्रहरी जवान सचित नारायण विश्वासले भारतबाट प्याज ल्याउने कार्यमा सहजीकरण गरिदिने प्रयोजनका लागि सेवाग्राहीसँग घुस रकम माग गरिरहेको भन्ने उजुरी एवं सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीबाट खटिई गएको टोलीले निज सचित नारायण विश्वासलाई सेवाग्राहीबाट रु. ५,५००।- (पाँच हजार पाँच सय) घुस/रिसवत लिइसकेको अवस्थामा मोरङ जिल्ला विराटनगर म.न.पा. वडा नं. ११ बसपार्क स्थित न्यू अप्सरा गेष्ट हाउसबाट उक्त घुस रकमसहित नियन्त्रणमा लिई अनुसन्धान भइरहेको छ ।

Total Page Visits: 1829 - Today Page Visits: 2

Leave a Reply

Your email address will not be published. Required fields are marked *