
रामजनता निम्न माध्यमिक विद्यालयका प्रधानाध्यापक रामलखन चौधरीले जिल्ला शिक्षा कार्यालय सर्लाहीबाट आ.व. २०७६/०६८ मा दुईकोठे भवन र छात्रा शौचालयका लागि प्राप्त रकम हिनामिना गरेको भन्ने प्रतिवेदनउपर अनुसन्धान हुँदा आरोपी प्रधानाध्यापक रामलखन चौधरी र खाता संचालक जगदिश राय
यादवले प्रचलित कानूनविपरीत रामजनता आधारभूत विद्यालय बबरगञ्ज, चन्दनगर गाउँपालिका सर्लाही (साविक रामजनता निम्न माध्यमिक विद्यालय बबरगञ्ज-२) को क्रमश: भौतिक, छात्रवृत्ति, पाठ्यपुस्तक, गैर हाजिर शिक्षकको तलब, माटो पुर्ने, घेरावेरा, शिक्षक स्टाफहरुको विद्यालयमार्फत जम्मा गर्नुपर्ने सामाजिक सुरक्षा कर र नागरिक लगानी कोषको रकमसमेत कुल जम्मा रु. १६,०३,५१७।८१ (सोह्र लाख तीन हजार पाँच सय सत्र रुपैयाँ पैसा एकासी) नेपाल सरकारको रकम आफूलाई गैरकानूनी लाभ र नेपाल सरकारलाई हानी पुर्याउने नियतले खाई मासी हिनामिना गरेको स-प्रमाण पुष्टि भएको देखिंदा निज प्रधानाध्यापक रामलखन चौधरी र शिक्षक जगदिश राय यादवको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिम कसुर भएकोले निज प्रतिवादीहरुलाई बिगो रु. १६,०३,५१७।८१ कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ ले निर्देश गरेबमोजिम सोही ऐनको दफा ३ को खण्ड (१) र दफा ३ को खण्ड (च) बमोजिम सजाय गरी हानिनोक्सानी भएको बिगो मध्ये सामाजिक सुरक्षा करवापतको रकम र नागरिक लगानी कोषको रकम विद्यालयमार्फत सम्बन्धित कार्यालयमा जम्मा गर्ने प्रयोजनार्थ रामजनता आधारभूत विद्यालय बबरगञ्ज, चन्दनगर गाउँपालिका सर्लाहीलाई दिलाई भराई बाँकी रकम रु. १४,९७,४०३।८३ (चौध लाख सन्तानब्बे हजार चार सय तीन रुपैयाँ पैसा त्रियासी) नेपाल सरकारलाई दिलाई भराई पाउन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ ।