
४ मङ्सीर, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनता माध्यमिक विद्यालय सुक्रौली, नवलपरासीका विद्यालय व्यवस्थापन समितिका तत्कालीन अध्यक्ष पूर्णवासी यादव (अहिर) उपर आरोपपत्र दायर गरिएको छ ।
यादवले वाराणासी, यू.पी.भारतबाट प्राप्त हाइस्कुल तहको झुठ्ठा एवं नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी जनता माध्यमिक विद्यालय सुक्रौली नवलपरासीमा मिति २०७१।०६।२४ देखि २०७३ साल कार्तिकसम्म विद्यालय व्यवस्थापन समितिको अध्यक्ष भएको भएको प्रवक्ता कोइरालाले बताए ।
श्रोतका अनुसार यादव उपर आज विशेष अदालत काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ ।
Total Page Visits: 1049 - Today Page Visits: 1