श्री हाजी ऐनायतुल्लाह सामुदायिक उच्च माध्यमिक विद्याल व्यवस्थापन विरुध आरोपपत्र

श्री हाजी ऐनायतुल्लाह सामुदायिक उच्च माध्यमिक विद्यालयमा शिक्षक भर्नामा अनियमितता, विज्ञान सामग्री खरिद, शिक्षा नियमावलीविपरीत विना अभिभावक विद्यालय व्यवस्थापन समितिको अध्यक्ष भएको र भवन निर्मार्णको रकम हिनामिना गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा श्री हाजी ऐनायतुल्लाह माध्यमिक विद्यालयलाई विज्ञान सामग्री खरिदको लागि जिल्ला शिक्षा कार्यालय रुपन्देहीबाट आ.व. ०७२/०७३ मा प्राप्त रु. ६,५०,०००।- बाट खरिद गरेका भनिएका विज्ञान सामग्रीमध्ये रु. २,८२,३८४।– बराबरको सामग्रीहरु विद्यालयमा नभेटिएको/नभएको, निकासा रकममध्ये रु. ५,१०,०००।- विज्ञान सामग्री खरिदको लागि पेश्की तथा भुक्तानी भएको, बाँकी रु. १,४०,०००।– को कसलाई के कुन शीर्षकमा भुक्तानी गरियो त्यसको अभिलेख नभएकोले आरोपितहरु विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जमालुद्दिन खाँ, तत्कालीन विज्ञान शिक्षक (हालका प्र.अ.) महमुद आलम खाँ तथा पूर्व प्र.अ. तथा हालका अंग्रेजी शिक्षक श्रीकान्त दुवेसमेत मिली बिगो रु. ४,२२,३८४।–(चार लाख बाइस हजार तीन सय चौरासी रुपैयाँ) बराबरको सरकारी रकम बदनियतसाथ हिनामिना गरी नेपाल सरकारको सम्पत्ति हानिनोक्सानी गरेको तथ्य प्रमाणित हुन आएकोले निजहरु जमालुद्दिन खाँ, महमुद आलम खाँ र श्रीकान्त दुवेलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुरमा हिनामिना हानिनोक्सानी गरेको रु. ४,२२,३८४।– बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ मा उल्लेख भए बमोजिम सोही ऐनको दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (घ) बमोजिम सजाय हुन एवं हिनामिना हानिनोक्सानी भएको बिगो रकम निजहरुबाट भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिम असुल उपर हुन समेत मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ ।

Total Page Visits: 1088 - Today Page Visits: 1

Leave a Reply

Your email address will not be published. Required fields are marked *