
१७ असोज, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कैलालीबाट सशस्त्र प्रहरीका सहायक हवल्दार र प्रहरी जवानलाई शुक्रबार घुससहित नियन्त्रणमा लिएको छ ।
सशस्त्र प्रहरी सिमा सुरक्षा बल भजनी, कैलालीका घुमुवा सशस्त्र प्रहरी सहायक हवल्दार ज्ञान बहादुर चौधरी र सशस्त्र प्रहरी जवान रतीराम चौधरीलाई अख्तियारको टोलीले भजनी नगरपालिका १ स्थित वेलकम कटेज नजिकबाट २० हजार रुपैयाँ घुससहित पक्राउ गरेको हो ।
भारतबाट मालसामान क्यारीङ गरि ल्याउने क्रममा भन्सार शुल्ल तिरिसके पश्चात पनि सेवाग्राहीसँग घुस रकम मागेको सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, कञ्चनपुरको टोलीले चौधरीलाई पक्राउ गरेको हो ।
श्रोतका अनुसार चौधरीलाई नियन्त्रणमा लिइ थप अनुसन्धान भइरहेको छ ।
Total Page Visits: 3117 - Today Page Visits: 3