सूचना, संचार तथा प्रसारण गर्ने प्रयोजनका लागि सम्झौता गरी घुस/रिसवत माग

जिल्ला काठमाडौं, चन्द्रागिरी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत युवराज पौडेलले चन्द्रागिरी नगरपालिकाको सूचना, संचार तथा प्रसारण गर्ने प्रयोजनका लागि सम्झौता गरी बिनियोजन भएको रकम मध्येबाट घुस/रिसवत माग गरेको भन्ने सूचना एवं उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालबाट खटिई गएको टोलीले प्रमुख प्रशासकिय अधिकृत युवराज पौडेललाई घुस/रिसवत बापतको रु. १,००,०००।– (एक लाख) लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो ।

अनुसन्धानको सिलसिलामा सूचना, संचार तथा प्रसारणमा बिनियोजन गरेको रकममध्येवाट प्रिमियर डिजिटल मिडिया प्रा.लि.ले मासिक १ (एक) पटक कार्यक्रम संचालन गर्ने सम्झौता गरी पहिलो किस्ताबापत रु. २,५०,०००।– (दुई लाख पचास हजार) लिई कार्यक्रम भई रहेको अवस्थामा काठमाडौं जिल्ला स्थित चन्द्रागिरी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत युवराज पौडेलले आफ्नो जिम्मेवारी र पदीय दायित्वसमेतको ख्याल नगरी बदनियतपूर्वक सेवाग्राहीसँग रकमको बार्गेनिङ गरी घुस/रिसवतबापत रु. १,००,०००।– (एक लाख) दिन बाध्य पारी सवारी चालकलाई लिन लगाई निजले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को कसुर अपराध गरेको देखिंदा बिगो रु. १,००,०००।– कायम गरी निजलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को देहाय (ग) बमोजिम सजाय हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ ।

Total Page Visits: 1012 - Today Page Visits: 1

Leave a Reply

Your email address will not be published. Required fields are marked *