
४ कात्तिक, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखराबाट खरिदार र लेखापढि व्यवसायीलाई आइतबार घुससहित नियन्त्रणमा लिएको छ ।
मालपोत कार्यालय लेखनाथ, कास्कीका खरिदार प्रकाश पौडेल र लेखापढि व्यवसायी मनोहरि भट्टराईलाई अख्तियारको टोलीले १२ हजार रुपैयाँ घुससहित पक्राउ गरेको हो ।
सेवाग्राहीको जग्गा नामसारी गरिदिने समेत विभिन्न बहानामा मिलेमतो गरी घुस/रिसवत माग गरिरहेको सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराको टोलीले खरिदार पौडेल र लेखापढि व्यवसायी भट्टराईलाई पक्राउ गरेको हो ।
श्रोतका अनुसार दुबैजनालाई कात्तिक ३ गते नियन्त्रणमा लिइ थप अनुसन्धान भइरहेको छ ।
Total Page Visits: 2632 - Today Page Visits: 1
सरहनिय कार्य अख्तियारले गर्यो है।