
२७ कात्तिक, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महाराजगंज नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, कपिलवस्तुका करार इन्जिनियर संतोषकुमार चौधरी तथा श्री कफल कटेश्वर प्रा.वि., छतिवन, डोटीका प्रधानाध्यापक नरबहादुर रावल उपर आरोप पत्र दायर गरेका छन्।
चौधरीले करार कर्मचारी भर्नाको सूचना अनुसार दरखास्त दिएका सिभिल इञ्जिनियर पदका उम्मेदवारले ई-विडिङ सम्बन्धी विषयको तालिम (Electronic Government Procurement (E-GP) Training) को किर्ते सर्टिफिकेट बनाई कर्मचारी र उम्मेदवारको मिलेमतोमा आफ्नो मान्छेलाई मात्र संक्षिप्त सूचीमा राखी नियुक्त गरेको तथा प्रधानाध्यापक नरबहादुर रावलले नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी शिक्षक पदमा नियुक्ति लिईएकोमा आरोप पत्र दायर गरेका छन्।
श्रोतका अनुसार २ जनाविरुद्ध आज विशेष अदालत काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ ।