
२ ८ कात्तिक, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमिसुधार तथा मालपोत कार्यालय, तौलिहवा, कपिलवस्तुका खरिदारद्वय सूर्यप्रसाद मिश्र र दुर्गाप्रसाद चौधरी उपर आरोपपत्र दायर गरिएको छ ।
जग्गाको मोही नामसारी गर्ने प्रयोजनार्थ सेवाग्राहीसँग ६ हजार रुपैयाँ घुससहित आयोगको कार्यालय बुटवलबाट खटिई गएको टोलीले पक्राउ गरेको थियो ।
श्रोतका अनुसार जरिवाना र कैद सजाय हुन मागदाबी लिई आज विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको छ ।
Total Page Visits: 940 - Today Page Visits: 1