
१ मङ्सीर, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कारागार कार्यालय भिमफेदी, मकवानपुरका जेलर चिरञ्जिवी थापा र निजकी श्रीमती गोमा कट्टेल थापा उपर आरोपपत्र दायर गरिएको छ ।
थापाले सार्वजनिक सेवा प्रवेश गरेको २०४५ साल जेष्ठ ४ गते देखि आ.व. २०७५/०७६ सम्ममा आर्जन गरेको वैध आयको तुलनामा निजले सोही अवधिमा सम्पत्ति सिर्जना तथा खर्च लगानीमा गरेको खर्च व्यय घटाउँदा सम्पत्तिको स्रोत खुल्न नआएबाट स्रोत खुल्न नआएको सम्पत्ति १ करोड १३ लाख ६० हजार ४ सय १० रुपैयाँ ९५ पैसा गैरकानूनी रुपमा आर्जन गरेको पाईएको छ।
श्रोतका अनुसार स्रोत नखुलेको सम्पत्ति जफत गर्ने प्रयोजनार्थ जेलर थापा र उनकी श्रीमती गोमा कट्टेल थापासमेतलाई प्रतिवादी बनाई मुद्धा दायर गरिएको छ ।
Total Page Visits: 1563 - Today Page Visits: 1