
२८ कात्तिक, काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौंबाट शाखा अधिकृत भट्टराई सहित रिकन्डिसन हाउसका प्रतिनिधिहरु ५ जनालाई नियन्त्रणमा लिएको छ ।
यातायात व्यवस्था कार्यालय मोटरसाइकल काठमाडौंका शाखा अधिकृत शुक्रप्रसाद भट्टराई र रिकन्डिसन हाउसका प्रतिनिधिहरु किरण देउला, उत्तम बिक्रम शाही, रमेशकुमार के.सी. खड्का र सुरेश छुस्याकीलाई अख्तियारको टोलीले यातायात व्यवस्था कार्यालय मोटरसाइकल काठमाडौं परिसरबाट घुस रकमसहित नियन्त्रणमा लिई अनुसन्धान भइरहेको छ ।
मोटरसाइकल पास गर्नका लागि आएका विभिन्न रिकन्डिसन हाउसका प्रतिनिधिहरुमार्फत मोटरसाइकल पास गर्न सहज गरी दिने भनी रु. ३,०००।–(तीन हजार) घुस रकम लिएको सूचनाको आधारमा अख्तियार दुरूपयोग अनुसन्धान आयोग टङ्गालबाट खटिई गएको टोलीले भट्टराईसहित ५जना लाई घुस रकमसहित नियन्त्रणमा लिएको हो ।
श्रोतका अनुसार भट्टराईसहित ५ जना लाई कात्तिक २७ नियन्त्रणमा लिइ थप अनुसन्धान भइरहेको छ ।