बी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान सुनसरीले विल भरपाई नराखी भौचरसमेत नउठाई प्रतिष्ठानको रकम हिनामिना गरी भ्रष्टाचार गरेको भनी उजुरी उपर अनुसन्धान हुँदा बी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानका रजिष्ट्रार तुल बहादुर श्रेष्ठ, आर्थिक प्रशासन प्रमुख रूपा सिंघाची अग्रवाल, सिनियर कलर्कद्वय चन्द्र कुमार मगर र रमेश कुमार खतिवडासमेतको मिलोमतोमा बी.पी. कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानबाट भुक्तानी दिनुपर्ने आधार, कारण तथा बिल भरपाई बिना नै जीबन पौडेलको नाममा चेक जारी गरी रू.५५०,०००।- सरकारी रकम हिनामिना गरी निजहरुले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिम कसुर गरेको प्रमाणित हुन आएकोले उक्त ऐनको दफा १७ मा उल्लेख भएबमोजिम भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१), सोही ऐनको दफा 3 को उपदफा (1) को खण्ड (ङ) र दफा १७ बमोजिम सजाय गरी बिगो रु.५,५०,०००।-(पाँच लाख पचास हजार) कायम गरी हानिनोक्सानी भएको उक्त रकम निजहरु तुल बहादुर श्रेष्ठ, रूपा सिंघान्ची अग्रवाल, चन्द्र कुमार मगर र रमेश कुमार खतिवडाबाट असुलउपर हुन मागदावी लिई आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ ।
बी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान बिरूद्ध आरोपपत्र
Total Page Visits: 1118 - Today Page Visits: 1