
वीरगञ्ज महानगरपालिका नगर कार्यपालिकाको कार्यालय, वीरगञ्ज पर्सामा कार्यरत कम्प्युटर अपरेटर (पाँचौ तह करार) राकेशकुमार जैसवालले उपभोक्ता समितिले सम्पन्न गरेको कामको भुक्तानी गरिदिए बापत सेवाग्राहीसँग पटक-पटक घुस/रिसवत रकम माग गरिरहेको भन्ने सूचना एवं उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौडाबाट खटिई गएको टोलीले निज कम्प्युटर अपरेटरलाई सेवाग्राहीसँग रु.१५,०००।–(पन्ध्र हजार) घुस/रिसवत वापतको रकम लिइसकेको अवस्थामा सोही कार्यालयबाट उक्त रकमसहित रङ्गेहात नियन्त्रणमा लिई अनुसन्धान भइरहेको छ ।
Total Page Visits: 824 - Today Page Visits: 1