सडक डिभिजन कार्यालय डिभिजन प्रमुख नियन्त्रणमा

सडक डिभिजन कार्यालय, लहान सिराहाका निमित्त डिभिजन प्रमुख विनोद साहले सेवाग्राहीसँग रुपनी राजविराज कुनौली सडक आयोजना निर्माणको अन्तिम बील भुक्तानी लिने क्रममा विभिन्न बहाना बनाई घुस/रिसवत माग गरिरहेको भन्ने उजुरी एवं सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासबाट खटिई गएको टोलीले निज विनोद साहलाई सेवाग्राहीबाट रु. ३,००,०००।-(तीन लाख) घुस/रिसवत लिइसकेको अवस्थामा सोही कार्यालयको परिसरमा रहेको कार्यालय प्रमुख आवास भित्रको बैठक कक्षबाट मिति २०७६।०९।१८ गते उक्त रकमसहित नियन्त्रणमा लिई अनुसन्धान भइरहेको छ ।

Total Page Visits: 867 - Today Page Visits: 1

Leave a Reply

Your email address will not be published. Required fields are marked *