डिभिजन सडक कार्यालय विराटनगर, मोरङका तत्कालीन डिभिजन प्रमुख (सि.डि.ई.) जितेन्द्र कुमार चौधरीले सडक विभाग अन्तर्गत कार्यरत रहँदा पदीय मर्यादा विपरित सडकका बिभिन्न आयोजनाहरुमा बसी ठेकेदारहरुसँग मिलेर गैरकानूनी सम्पत्ति आर्जन गरी घर घडेरी बैंक समेतमा जम्मा गरेको भन्ने उजुरी सम्बन्धमा अनुसन्धान हुँदा निज (सि.डि.ई.) जितेन्द्र कुमार चौधरीले गैरकानूनी सम्पत्ति आर्जन गरी निज तथा निजको परिवारले अमिल्दो र अस्वाभाविक उच्च जीवनस्तर यापन गरेको, आफ्नो हैसियत भन्दा बढी रकम खर्च गरी आफू, श्रीमती र छोरासमेतका नाममा दर्ता कायम रहने गरी घर जग्गा खरिद, छोरा छोरीको शैक्षिक खर्च लगायतका बिभिन्न शीर्षकहरुमा गरेका खर्चहरु र बिभिन्न बैंक खाताहरुमा रहेका मौज्दात समतेमा खर्च लगानी गरेको देखिंदा निजले रु. ३,९९,४४,३४२।– (तीन करोड उनान्सय लाख चौवालीस हजार तीन सय बयालीस रुपैयाँ) गैरकानूनी रुपमा सम्पत्ति आर्जन गरेको पुष्टि हुन आएकोले सार्वजनिक पद धारण गरेका राष्ट्रसेवक जितेन्द्र कुमार चौधरीले साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १५ एवं प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (१) बमोजिम कसुर गरेकोले निजलाई बिगो रु. ३,९९,४४,३४२।– कायम गरी साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १५ ले निर्देश गरेबमोजिम सोही ऐनको दफा ३ र दफा २९ को उपदफा (२) को प्रतिबन्धात्मक बाक्यांश एवं प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (२) अनुसार बिगो बमोजिम जरिवाना र कैद सजायसमेत हुन र निज जितेन्द्र कुमार चौधरीले जाँच अवधिमा आर्जन गरेको स्रोत नखुलेको सम्पत्ति तथा लगानी एवं घर निर्माण लागत लगायतका खर्चहरु साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १६ग दफा २९ को उपदफा (१) र प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ४७ तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा २९ख. बमोजिम गैरकानूनी रुपमा आर्जन गरेको बिगो बराबरको एकाघर श्रीमती र छोरा एवं आफ्नै नाममा राखिएको सम्पत्तिबाट असुल उपर/जफत गरी पाउन र नपुग बिगोका हकमा प्रचलित कानून बमोजिम निज जितेन्द्र कुमार चौधरीबाट असुल उपर गरी जफत गरी पाउनसमेत मागदाबी लिइएको छ । निज जितेन्द्र कुमार चौधरीले सार्वजनिक सेवाको पदमा रहेर आफ्नो पदको दुरुपयोग गरी भ्रष्टाचारजन्य कार्य गरी गैरकानूनीरुपमा आर्जन गरेको स्रोत नखुल्ने सम्पत्तिहरु निजले आफू लगायत श्रीमती किरण चौधरी, छोरा अभिषेक चौधरी र छोरी स्मृति चौधरीको अध्ययनमा खर्च, घर जग्गा खरिद, घर निर्माण, बैंक खाताहरुमा रकम मौज्दात रहे भएको लगानी तथा खर्च गरेको पाइएकोले स्रोत पुष्टि हुन नसकेको सम्पत्ति तथा खर्च एवं लगानीको लागत मूल्य बिगो बराबरको सम्पत्ति साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १६ग. दफा २९ को उपदफा (१) र प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ४७ तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा २९ख. बमोजिम बिगो जफत गर्ने प्रोजनार्थ मात्र श्रीमती किरण चौधरी र छोरा अभिषेक चौधरीसमेतलाई प्रतिवादी कायम गरी सम्पत्ति जफत गरी पाउन समेतको मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ ।
तेस्तै डिभिजन सडक कार्यालय विराटनगर, मोरङका तत्कालीन डिभिजन प्रमुख (सि.डि.ई.) जितेन्द्र कुमार चौधरीले सडक विभाग अन्तर्गत कार्यरत रहँदा पदीय मर्यादा विपरित सडकका बिभिन्न आयोजनाहरुमा बसी ठेकेदारहरुसँग मिलेर गैरकानूनी सम्पत्ति आर्जन गरी घर घडेरी बैंक समेतमा जम्मा गरेको भन्ने उजुरी सम्बन्धमा अनुसन्धान हुँदा निज (सि.डि.ई.) जितेन्द्र कुमार चौधरीले गैरकानूनी सम्पत्ति आर्जन गरी निज तथा निजको परिवारले अमिल्दो र अस्वाभाविक उच्च जीवनस्तर यापन गरेको, आफ्नो हैसियत भन्दा बढी रकम खर्च गरी आफू, श्रीमती र छोरासमेतका नाममा दर्ता कायम रहने गरी घर जग्गा खरिद, छोरा छोरीको शैक्षिक खर्च लगायतका बिभिन्न शीर्षकहरुमा गरेका खर्चहरु र बिभिन्न बैंक खाताहरुमा रहेका मौज्दात समतेमा खर्च लगानी गरेको देखिंदा निजले रु. ३,९९,४४,३४२।– (तीन करोड उनान्सय लाख चौवालीस हजार तीन सय बयालीस रुपैयाँ) गैरकानूनी रुपमा सम्पत्ति आर्जन गरेको पुष्टि हुन आएकोले सार्वजनिक पद धारण गरेका राष्ट्रसेवक जितेन्द्र कुमार चौधरीले साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १५ एवं प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (१) बमोजिम कसुर गरेकोले निजलाई बिगो रु. ३,९९,४४,३४२।– कायम गरी साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १५ ले निर्देश गरेबमोजिम सोही ऐनको दफा ३ र दफा २९ को उपदफा (२) को प्रतिबन्धात्मक बाक्यांश एवं प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (२) अनुसार बिगो बमोजिम जरिवाना र कैद सजायसमेत हुन र निज जितेन्द्र कुमार चौधरीले जाँच अवधिमा आर्जन गरेको स्रोत नखुलेको सम्पत्ति तथा लगानी एवं घर निर्माण लागत लगायतका खर्चहरु साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १६ग दफा २९ को उपदफा (१) र प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ४७ तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा २९ख. बमोजिम गैरकानूनी रुपमा आर्जन गरेको बिगो बराबरको एकाघर श्रीमती र छोरा एवं आफ्नै नाममा राखिएको सम्पत्तिबाट असुल उपर/जफत गरी पाउन र नपुग बिगोका हकमा प्रचलित कानून बमोजिम निज जितेन्द्र कुमार चौधरीबाट असुल उपर गरी जफत गरी पाउनसमेत मागदाबी लिइएको छ । निज जितेन्द्र कुमार चौधरीले सार्वजनिक सेवाको पदमा रहेर आफ्नो पदको दुरुपयोग गरी भ्रष्टाचारजन्य कार्य गरी गैरकानूनीरुपमा आर्जन गरेको स्रोत नखुल्ने सम्पत्तिहरु निजले आफू लगायत श्रीमती किरण चौधरी, छोरा अभिषेक चौधरी र छोरी स्मृति चौधरीको अध्ययनमा खर्च, घर जग्गा खरिद, घर निर्माण, बैंक खाताहरुमा रकम मौज्दात रहे भएको लगानी तथा खर्च गरेको पाइएकोले स्रोत पुष्टि हुन नसकेको सम्पत्ति तथा खर्च एवं लगानीको लागत मूल्य बिगो बराबरको सम्पत्ति साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १६ग. दफा २९ को उपदफा (१) र प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ४७ तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा २९ख. बमोजिम बिगो जफत गर्ने प्रोजनार्थ मात्र श्रीमती किरण चौधरी र छोरा अभिषेक चौधरीसमेतलाई प्रतिवादी कायम गरी सम्पत्ति जफत गरी पाउन समेतको मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ ।
तेस्तै राष्ट्रिय पुनर्निर्माण प्राधिकरण शाखा भोजपुरमा कार्यरत सव-इन्जिनियर (करार) प्रकाश तिवारीले भुकम्प पीडितको पूनर्निमित घरको निर्माण सम्पन्न रिर्पोट बनाई दिए बापत सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीबाट खटिई गएको टोलीले निज प्रकाश तिवारीलाई सेवाग्राहीसँग रु.६,०००।–(छ हजार) घुस/रिसवत लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो । अनुसन्धानको सिलसिलामा सेवाग्राहीको २०७२ सालको भुकम्पले घर पूर्णरुपमा क्षति भई नेपाल सरकारको अनुदान रकम लिई घरनिर्माण कार्य अन्तिम चरणमा पुगेपछि अन्तिम किस्ता रकमको लागि आवश्यक पर्ने कागजात उपलब्ध गराए बापत राष्ट्रिय पुनर्निर्माण प्राधिकरण अन्तर्गत जिल्ला आयोजना कार्यान्वयन इकाई धनकुटाबाट भोजपुर नगरपालिकाको कार्यालय भोजपुरमा कारारमा कार्यरत सव-इन्जिनियर प्रकाश तिवारीले सेवाग्राहीसँग पटक-पटक घुस/रिसवत दिन बाध्य बनाई बुझि लिएको उक्त घुस/रिसवत बापतको रु. ६,०००।– (छ हजार) सहित निज प्रकाश तिवारी पक्राउ परेको भन्ने तथ्य प्रमाणित हुन आएको हुँदा निजले गरेको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को कसुर भएकोले निज प्रकाश तिवारीलाई बिगो रु. ६,०००।– कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (क) बमोजिम सजाय हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ ।
भोजपुर जिल्ला आमचोक गाउँपालिकामा कार्यरत असिष्टेन्ट सव-इन्जिनियर (करार) बिष्णुकुमार राईले हायुखोला खानेपानी योजनाको बिल फरफारक गरिदिने प्रयोजनका लागि सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्ने उजुरी एवं सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीबाट खटिई गएको टोलीले निज बिष्णुकुमार राईलाई सेवाग्राहीबाट रु. ५,०००/- (पाँच हजार) घुस/रिसवत लिइसकेको अवस्थामा उक्त रकम सहित आमचोक गाउँपालिका वडा नं. ७ हर्दिलाबाट नियन्त्रणमा लिई अनुसन्धान भइरहेको छ ।