Go Back
Report Abuse
rastriya

Rastriya Khadya Bank

Description

आजको आवश्यकता परिपुर्ति गर्न र भोलिको भाविपुस्ताहरुको लागि खाद्य सम्प्रभुत्ता संरक्षण गर्न “पोषिलो आधारको लागि दिगो कृषि उत्पादन हाम्रो अभियान” भन्ने मुल नाराका साथ राष्ट्रिय खाद्य बैंक लि. स्थापना गरिएको हो । दुई अर्ब रकमबाट शुरुवात गरी उत्पादन र व्यापारमुलक कार्य गर्ने गरी केन्द्रीय कार्यालय काठमाडौंमा र सात वटै प्रदेशमा प्रदेश कार्यालय, ७७ जिल्लामा, जिल्ला कार्यालय र आवश्यकता अनुसार स्थानीय निकायहरुमा कार्यालयहरु स्थापना गर्ने गरी राज्यले परिकल्पना गरेको सम्बृद्ध नेपाल बनाउन यस राष्ट्रिय खाद्य बैंक लि. को स्थापना सँगै आवश्यक ज्ञान, सिप, विउ, बिजन, मलजल, दक्ष जनशक्ति, विशेषज्ञ बैज्ञानिक लगायतका विज्ञहरुको सहभागीतामा यो बैंक आफ्नो कार्यमा जुटेको हो ।

उद्देश्यः
१. राष्ट्रिय खाद्य बैंक आफैले खाद्यान्न, गेडागुडी (दलहन), हरियो तरकारीहरु, फलपूmलहरु, केरा, दहि दुध, माछा, मासु, अण्डा, जडिबुटी,चिया, कफी, उखु लगायतका खानेकुराहरु उत्पादन गर्ने ।
२. राष्ट्रिय खाद्य बैंकले आफ्नै माध्यमबाट अध्ययन र अनुसन्धान गर्नेछ । रैथाने जिन (पुराना बालीनालीको विउ विजन) सम्बन्धी खोजतलास गर्ने छ । आधुनिकता अनुसार थोरै ठाउँमा धेरै कसरी उत्पादन गर्न सकिन्छ भनेर अध्याय र अनुसन्धान गरिनुका साथै प्याटेन्ट राइटको बारेमा कस्तो अवस्था छ । सबै कुराहरुको थप अध्ययन र अनुसन्धान गरिने छ ।
३. कृषि कार्यमा काम गरिरहेका कृषि कम्पनीहरु प्रा.लि., कृषि सहकारीहरु,सरकारी संघसंस्थाहरु÷गैरसरकारी संघसंस्थाहरु लगायतका उत्पादन गर्ने काममा लागेका संघ संस्थाहरुसँग सहकार्य गरी अझै धेरै उत्पादन गर्ने ÷ गराउने ।
४. सरकारी बाझो जग्गाहरु, सामुदायिक वनका खाली जग्गाहरु गुठीका जग्गाहरु, खोलाको छेउका बगर जग्गाहरु, विद्युत प्राधिकरणको लाइन मुनिका खाली जग्गाहरु, विभिन्न संघ संस्थाहरुका खाली जग्गाहरु तथा व्यक्तिका बाझो जग्गाहरु लिजमा लिएर उत्पादनको काम गर्ने ।
५. उत्पादनको काममा लागेका कृषकहरुलाई आवश्यकता पर्ने विउ, मल, कृषि औजारहरु प्राविधिक ज्ञान दिने र उत्पादित खाद्य वस्तुहरु बैंकले नै किनिदिने ग्यारेन्टी लिने ।
६. दुघ, अण्डा, मासु, माछा, कागती, बेसार, अदुवा, लसुन, प्याज, हरियो तरकारी जस्ता खाद्य सामाग्रस्हरु देशभित्रै उत्पादन गरी आत्मनिर्भर हुन सकिने भएकोले लगत्तै यो काममा लगाउने र आत्मनिर्भर बनाउने बिस्तारै अरु खाद्यान्न, तरकारी, फलपूmलहरुमा आत्मनिर्भर हुने गरी तयारी गरी उत्पादन गर्ने÷गराउने ।
७. इको सिस्टमलाई संरक्षण गर्दै÷वातावरणको संरक्षण गरी गुणस्तरयुक्त खाद्यान्न, तरकारीहरु, फलपूmल, माछा, मासु, जडिबुटी, चिया, कफी, अलैची लगायतका सामाग्रीहरु हाम्रो देशमा चाहिने भन्दा बढी उत्पादन गरी विदेशमा बिक्री वितरण गर्ने ।
८. राष्ट्रिय खाद्य बैंकले उत्पादन गरेका गुणस्तरयुक्त खाद्य सामाग्रीहरुको सुरक्षित भण्डार गरी बैंक मार्फत आफ्नै सेल्स डिपो र होम डेलिभरीहरु
भ्(ऋयmmभचअभ मार्फत बिक्री वितरण गर्ने ।
९. उत्पादन गर्ने किसान, उपभोक्ता, लगानी गर्ने शेयर सदस्यहरु र राज्य सबैलाई फाइदा हुने र स्वास्थ्यकर खाद्यान्न प्रमाणित गरी बैंकको ल्याबबाट टेस्ट गरी बजारमा पठाउने भएकोले खाद्य बैंकको उत्पादनहरुबाट मानव जीवनमा रोग लाग्नबाट संरक्षण गर्ने हुनाले आम उपभोक्ताको जन जीवन स्वस्थ रहने छ । हामीलाई बढी भएको सामाग्रीहरु विदेशमा बेचेर विदेशी मुद्रा आर्जन हुनेछ । यो बैंकको न्म्ए मा ठूलो योगदान रहनेछ ।
१०. बेरोजगारीको अवस्थालाई अन्त्य गरी उत्पादन, सुरक्षित भण्डार, बिक्री वितरण सम्म कार्य गर्न धेरै दक्ष तथा सामान्य (अदक्ष) स्तरसम्मका कर्मचारीहरुद्वारा काम गर्ने भएकाले नेपालमा सबैभन्दा धेरै रोजगारी सृजना गर्ने संस्था यो राष्ट्रिय खाद्य बैंक लि. ले कृषि र टुरिजमलाई जोड्ने काम गर्नेछ ।
११. कृषि सम्बन्धी अध्ययन अुनसन्धान (रिसर्च) गर्ने कामलाई खाद्य बैंकले शुरुदेखि काम गरिरहने छ । कम लागतमा प्रांगारिक मल उत्पादन गरी फुड न्यूट्रेशनको बारेमा ज्ञान दिलाउने । कुन ठाउँमा के कस्तो खेती लगाउन सकिन्छ ? कसरी थोरै ठाउँमा धेरै उत्पादन गर्न सकिन्छ ? हाम्रो रैथाने बिउ बिजनहरु कसरी लोप भए ? खोजी गरिने छ ।
१२. यो खाद्य बैंकले सामाजिक उत्तरदायित्व प्रवाह गरी विभिन्न सामाजिक कार्यहरु गर्नेछ । गरिब निमुखा जनताहरुलाई विभिन्न कार्यक्रम अन्तरगत सहयोग हुनेछ । खाद्य बैंकले नेपाल सरकारसँग सहकार्य गरी नेपालजनताहरु खान नपाएर मर्नु नपरोस भनेर गतिविधिहरु सन्चालन गरिनेछ ।
१३. राष्ट्रिय खाद्य बैंकको उद्देश्य अनुसार कृषि पेशालाई मर्यादित र सम्मानित गर्ने । उत्पादन, सुरक्षित भण्डार, बिक्री बितरण, अध्ययन अनुसन्धान लगायत खाद्यान्नबाट देशलाई आत्मनिर्भर बनाउने महान अभियानमा सहभागी भै अगाडि बढौं ।

Tags

Location

Contact Information

Author Info

Rastriya Khadya Bank

Member since 5 years ago
View Profile

There are no reviews yet.