श्री सरस्वती माध्यमिक विद्यालय, छोटी पर्सिया, कन्चनपुरका शिक्षकले जाली अवैध शैक्षिक प्रमाणपत्र पेश गरी शिक्षक पदमा कार्यरत रहेको भन्ने उजुरी सम्बन्धमा अनुसन्धान हुँदा उक्त विद्यालयका शिक्षक इन्द्रसिंह थापाले माध्यमिक शिक्षा परिषद उत्तर प्रदेश बाराणसी अन्तर्गतको ड्रमण्ड इन्टर कलेज पिलिमित भारतबाट हाइस्कुल तह उत्तिर्ण गरेको झुठ्ठा शैक्षिक प्रमाणपत्र पेश गरी सेवामा बहाल रही लाभसमेत लिई रहेकोले निजको उक्त कार्य साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ तथा प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसुर गरेको देखिएको हुँदा निज शिक्षक इन्द्रसिंह थापालाई साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ र दफा २९ को उपदफा (२) तथा प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको सजाय हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ ।
जिल्ला कन्चनपुर भीमदत्त नगरपालिका स्थित विष्णु धाम मन्दिरमा खुडकिला निर्माणको लागि पेश्की लिई हालसम्म फछर्यौट नगरेको भन्ने उजुरी सम्बन्धमा अनुसन्धान हुँदा भीमदत्त नगरपालिका-३ स्थित साकेत धाम विष्णु मन्दिर (विष्णु धाम) मा खुडकिला निर्माण योजनाको लागि आ.ब. २०६५/०६६ मा उपभोक्ता समितिका अध्यक्ष कर्ण बहादुर विष्टले भीमदत्त नगरपालिकाबाट लिएको रु. ४,५०,०००।– (चार लाख पचास हजार) हालसम्म निर्माण कार्य नगरेको र उक्त रकम फरफारक समेत नगरेकोले उपभोक्ता समितिका अध्यक्ष कर्ण बहादुर विष्टले आफूलाई गैरकानूनी लाभ र नेपाल सरकारलाई हानिनोक्सानी पुर्याउने बदनियतले भीमदत्त नगरपालिकासमक्ष गरेको सम्झौता पालना नगरी भीमदत्त नगरपालिकाबाट रकम लिनु खानु गरी नेपाल सरकारलाई गैरकानूनी रुपमा हानि पुर्याउने र आफूलाई गैरकानूनी लाभ लिने काम गरेको प्रमाणित हुन आएकोले निजले गरेको सो कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (४) बमोजिम कसुर भएकोले निजलाई रु. ४,५०,०००।– बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (४) मा उल्लेख भएबमोजिम सजाय हुन र बिगो रकमसमेत निजबाट असुलउपर गरी जफत हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ ।
साँस्कृतिक संस्थान जमल, काठमाडौंका नृत्य कलाकार, तह-५ का नरेन्द्र कुमार आले मगरको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको भन्ने उजुरी सम्बन्धमा अनुसन्धान हुँदा निजले सिद्धेश्वर माध्यमिक विद्यालय बुटवल रुपन्देहीबाट कक्षा १० उत्तिर्ण गरेको नक्कली, झुठ्ठा शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी नियुक्ति लिई हालसम्म कार्यरत रही सरकारी सुविधा तथा लाभसमेत लिएको देखिंदा निजले साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ तथा प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसुर गरेको हुँदा निज नरेन्द्र कुमार आले मगरलाई साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ र दफा २९ को उपदफा (२) तथा प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको सजाय हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ ।
नेपाल प्रहरीका प्रहरी नायब निरीक्षक विष्णुप्रसाद दलालीको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको भन्ने उजुरी सम्बन्धमा अनुसन्धान हुँदा निजले बिहार इण्टरमिडिएट शिक्षा परिषद पटना भारतबाट इण्टरमिडिएट तहको नक्कली झुठ्ठा शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी सेवा प्रवेश गरेको तथा बढुवा नियुक्ति लिई लाभसमेत लिएको देखिंदा निजको उक्त कार्य साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ तथा प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) अनुसारको कसुर गरेको देखिन आएको हुँदा तत्कालीन प्रहरी नायब निरीक्षक पदमा कार्यरत बिष्णु प्रसाद दलालीलाई साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ र दफा २९ को उपदफा (२) तथा प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको सजाय हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ ।
जिल्ला दैलेख नौमुले गाउँपालिका वडा नं. १ स्थित श्री भैरव मा.वि. नौमुलेका प्र.अ. नगेन्द्र बहादुर सिंह र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गगन बहादुर बस्नेतले उक्त विद्यालयका शिक्षकको चौमासिक तलब र दशैं खर्च बापतको रकम उपलब्ध गराउने प्रयोजनका लागि पटक-पटक शिक्षकसँग घुस/रिसवत माग गरिरहेको भन्ने उजुरी एवं सूचनाको आधारमा सुर्खेतबाट खटिई गएको टोलीले रु. ३०,०००।– (तीस हजार) घुस/रिसवत लिइसकेको अवस्थामा निज नगेन्द्र बहादुर सिंहलाई नौमुले गा.पा. वडा नं. १ स्थित NMB Bank नौमुले शाखाको शाखा प्रबन्धकको कार्यकक्षबाट नियन्त्रणमा लिई अनुसन्धान भइरहेको छ ।