सीमा प्रहरी चौकी टिमुरेका प्रहरी निरीक्षक खेम प्रसाद नेपालसमेत १६ जना राष्ट्रसेवक कर्मचारीहरुको निलम्बन

सीमा प्रहरी चौकी टिमुरेका प्रहरी निरीक्षक खेम प्रसाद नेपाल समेतले सीमा प्रहरी चौकी टिमुरेको कार्यालय परिसरभित्र केरुङबाट नेपाल आउदै गरेको ना.६ख. ४९३२ नं. को कन्टेनर चेकजाँच गर्ने क्रममा मिति २०७६।०९।११ गते चालक फुर्वा पासाङको साथबाट ४२२ ग्राम सुन लिई चालकलाई छोडेको र उक्त सुन आवश्यक कानूनी प्रकृयाको लागि सम्बन्धित निकायमा बुझाउनु पर्नेमा आपसमा बाँडफाँड गरी खाई मासेको भन्ने सम्बन्धमा आयोगबाट अनुसन्धान भईरहेको अवस्थामा उक्त कार्यमा संलग्न व्यक्तिहरु पदमा बहाल रही रहँदा आफ्नो बिरुद्दको प्रमाण लोप वा नास गर्न सक्ने वा अनुसन्धान तहकिकातमा बाधा पुर्‍याउन सक्ने देखिंदा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १९ को उपदफा (३) बमोजिम तपशिल अनुसारका प्रहरी कर्मचारीहरुलाई निजहरु कार्यरत रहेको पदबाट निलम्बन गर्न प्रहरी प्रधान कार्यालय नक्सालमा लेखी पठाईएको छ।

तपशिलः

प्रहरी निरीक्षक खेम प्रसाद नेपालप्रहरी नायव निरीक्षक भोज बहादुर सेन वलीप्रहरी सहायक निरीक्षक रामशरण कुमालप्रहरी हवल्दार रामशरण रिमालप्रहरी हवल्दार पुरुषोत्तम खत्रीप्रहरी हवल्दार रामकाजी लामाप्रहरी हवल्दार गोपी बहादुर लो तामाङप्रहरी जवान शिव नारायण चौधरी   प्रहरी जवान युवराज खरेलप्रहरी जवान भविलाल रुम्बा लामाप्रहरी जवान रामचन्द्र वि.क.प्रहरी जवान रिता चौधरीप्रहरी जवान मनोज आलेप्रहरी जवान छेक्यु डोल्मा मोक्तानप्रहरी जवान तारा बहादुर प्रजाप्र.का.स. हरी बहादुर श्रेष्ठ  
Total Page Visits: 1157 - Today Page Visits: 1

Leave a Reply

Your email address will not be published. Required fields are marked *