नेपाल-भारत सिमा बजारबाट घरायसी सामानहरु ल्याउन सहज गराई दिन्छु भनी सेवाग्राहीसँग घुस

जनकपुर भन्सार कार्यालय, धनुषामा कार्यरत नायब सुब्बा अहमद रजा अन्सारीले नेपाल-भारत सिमा बजारबाट घरायसी सामानहरु ल्याउन सहज गराई दिन्छु भनी सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्ने उजुरी एवं सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासबाट खटिई गएको टोलीले निज अहमद रजा अन्सारीलाई सेवाग्राहीबाट रु. १,५०,०००।– (एक लाख पचास हजार) घुस/रिसवत लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो । अनुसन्धानको सिलसिलामा लगमा जटही छोटी भन्सार कार्यालय, धनुषामा कार्यरत नायब सुब्बा अहमद रजा अन्सारीले सेवाग्राहीलाई भारत सिमा बजारबाट नुन, तेल, चिनी तथा लत्ताकपडा लगायतका घरायसी सामानहरु खरिद गरी ल्याउन सहज गराई दिन्छु भनी घुस/रिसवत माग गरी रु. १,५०,०००।– (एक लाख पचास हजार) लिएको अवस्थामा बरामद भएको स-प्रमाण पुष्टि हुन आई निज अहमद रजा अन्सारीले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को कसुर गरेकोले निजलाई बिगो रु. १,५०,०००।– कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (घ) बमोजिम जरिवाना र कैद सजाय हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ ।

Total Page Visits: 1036 - Today Page Visits: 1

Leave a Reply

Your email address will not be published. Required fields are marked *