
१० मङ्सीर, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला पाल्पा तानसेन नगरपालिका वडा नं. ४ स्थित रहेको मोहन कन्या माध्यमिक विद्यालय भव व्यवस्थापन समितिका अध्यक्ष एवं भवन निर्माण उपभोक्ता समितिका तत्कालीन अध्यक्ष देवराज ढकाल, प्रधानाध्यापक दीपकप्रसाद ज्ञवाली र प्रधानाध्यापक केशलक्ष्मी श्रेष्ठका साथै, साविकको जिल्ला शिक्षा कार्यालय पाल्पाका तत्कालीन सव-इन्जिनियर रामस्वरुप चौधरी उपर आरोपपत्र दायर गरिएको छ ।
विद्यालय भवन निर्माण कार्यका लागि निकासा भएको रकमबाट निर्माण सामग्री खरिद तथा कामदारलाई पेश्की भुक्तानी दिने लगायतमा खर्च गर्ने कार्य निज अध्यक्ष देवराज ढकाल र भवन निर्माण उपभोक्ता समितिका सचिव एवं हाल प्रधानाध्यापक दीपकप्रसाद ज्ञवालीसमेतले भवन र शौचालय निर्माणमा वास्तविक भएको भन्दा बढी खर्च तथा काम भएको झुठ्ठा बिल भरपाई पेश गरी साविकको जिल्ला शिक्षा कार्यालय, पाल्पामा हिसाब फरफारक गराउने कार्यमार्फत निजहरुले नेपाल सरकारको रकम बदनियतपूर्वक हानिनोक्सानी पुर्याएको र सव-इन्जिनियर रामस्वरुप चौधरीले आफ्नो पदीय दायित्व पूरा नगरी वास्तविक भएको काम भन्दा बढी देखाई गलत प्रतिवेदन तयार गरी भवन र शौचालयसमेतको कार्य सम्पन्न प्रतिवेदनमा बढी मूल्याङ्कन गरी योजना फरफारक गराएकोले बदनियत तरिकाले नेपाल सरकारको रकम हानिनोक्सानी पुर्याएको पुष्टि भएको प्रवक्ता कोइरालाले बताए ।
श्रोतका अनुसार ढकालसहित ४ जनाउपर आरोपपत्र दायर उपर आज विशेष अदालत काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ ।