
३० असोज, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय भक्तपुरमा कार्यरत नापी सर्भेक्षक सिद्धराज जोशी र सर्वेक्षक वीरभद्र जोशी उपर आरोप पत्र दायर गरेका छन्।
जग्गा हालसाविक गर्न नापी कार्यालय भक्तपुरबाट तोक आदेश भई फिल्ड नाप जाँच गर्ने क्रममा फिल्ड खर्च भनी सेवाग्राहीसँग ८ हजार रुपैयाँ घुससहित पक्राउ गरेको थियो ।
साथै सव डिभिजन वन कार्यालय, प्रतापपुर, नवलपरासी (वर्दघाट-सुस्ता पश्चिम)का सहायक वन अधिकृत पर्शुराम चौधरी र उक्त वन कार्यालय रहेका घरधनी मनोज कुमार शर्मा उपर आरोप पत्र दायर गरेका छन्।
डिभिजन वन कार्यालयबाट नियन्त्रणमा लिएको ट्याक्टरको मुद्दा मिलाईदिने भनी सेवाग्राहीसँग ६५ हजार रुपैयाँ घुससहित पक्राउ गरेको थियो ।
श्रोतका अनुसार ४ जनाविरुद्ध आज विशेष अदालत काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ ।
Total Page Visits: 1580 - Today Page Visits: 1