२६ कात्तिक, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय लेखनाथ, कास्कीका खरिदार प्रकाश पौडेल र लेखापढी व्यवसायी मनहरी भट्टराई विरुद्ध विशेष अदालत काठमाडौंमा विहीबार मुद्धा दायर गरेको छ ।
अख्तियार दुरूपयोग अनुसन्धान आयोग, पोखराबाट खटिई गएको टोलीले निजहरूलाई सेवाग्राहीसँग रु.१२,०००/- घुस वापतको रकम लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो ।
खरिदार प्रकाश पौडेलले सेवाग्राहीको जग्गा नामसारी गर्ने कार्यका लागि लेखापढी व्यवसाय गर्ने मनहरी भट्टराईसँग मिलेमतो गरी निजमार्फत घुस रकम लिन लगाई खरिदार प्रकाश पौडेलले लिएको अवस्थामा बरामद भएकोले निजहरुविरुद्ध मुद्धा दायर गरिएको प्रवक्ता कोइरालाले बताए ।
Total Page Visits: 1182 - Today Page Visits: 2