
९ असोज, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रहरी जवान गम्हिरा साह तेली विरुद्ध विशेष अदालत काठमाडौंमा विहीबार मुद्धा दायर गरेको छ ।
जिल्ला प्रहरी कार्यालय पर्सामा कार्यरत प्रहरी जवान गम्हिरा साह तेलीविरुद्ध मुद्धा दायर गरिएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।
आयुर्वेदिक औषधीको रकम फिर्ता गराउन दिएको उजुरीको काम गर्ने सिलसिलामा आफ्नो जिम्मेवारी र पदीय दायित्व विपरीत सेवाग्राहीसँग ५ हजार रुपैयाँ घुस लिएको प्रमाण भेटिएकोले साहविरुद्ध मुद्धा दायर गरिएको प्रवक्ता कोइरालाले बताए ।
Total Page Visits: 1513 - Today Page Visits: 4