क्षतिपूर्ति दिलाई दिए बापत घुस लिइसकेको अवस्थामा प्रहरी नायब निरीक्षक नियन्त्रणमा

जिल्ला धनुषा, इलाका प्रहरी कार्यालय, यज्ञभूमि (धारापानी) मा कार्यरत प्रहरी नायब निरीक्षक कालिचरण पंजियारले सवारी दुर्घटनामा क्षतिपूर्ति दिलाई दिए बापत घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासबाट खटिई गएको टोलीले निज प्रहरी नायब निरीक्षक कालिचरण पंजियारलाई सेवाग्राहीबाट रु.१५,०००।- (पन्ध्र हजार) घुस बापतको रकम लिइसकेको अवस्थामा नियन्त्रणमा लिइएको थियो ।

अनुसन्धानको सिलसिलामा इलाका प्रहरी कार्यालय यज्ञभूमि (धारापानी) मा कार्यरत प्रहरी नायब निरीक्षक कालिचरण पंजियारले सेवाग्राहीलाई दुर्घटनाको रकम दिलाई दिए बापत घुस/रिसवत माग गरी लिएको तथ्य पुष्टि हुन आई निजको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को कसुर भएकोले निज कालिचरण पंजियारलाई बिगो रु. १५,०००।–(पन्ध्र हजार) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (क) बमोजिम जरिवाना र कैद सजाय हुन मागदाबी लिई आज विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको छ ।

Total Page Visits: 974 - Today Page Visits: 1

Leave a Reply

Your email address will not be published. Required fields are marked *