प्रहरी नायब निरीक्षक विरुध आरोपपत्र दायर

इलाका प्रहरी कार्यालय, तुलसीपुर, दाङमा कार्यरत प्रहरी नायब निरीक्षक हेमन्त के.सी.ले सार्वजनिक मुद्दा चलेको व्यक्तिलाई छुटाइदिए बापत सेवाग्राहीसँग घुस रकम माग गर्ने गरेको भन्ने सूचना एवं उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवल, सम्पर्क कार्यालय नेपालगञ्जबाट खटिई गएको टोलीले निज प्रहरी नायब निरीक्षक हेमन्त के.सी. लाई रु.७,०००।-(सात हजार) घुस बापतको रकम लिइसकेको अवस्थामा उक्त घुस रकमसहित नियन्त्रणमा लिएको थियो ।

अनुसन्धानको सिलसिलामा इलाका प्रहरी कार्यालय तुलसीपुर, दाङमा कार्यरत प्रहरी नायब निरीक्षक हेमन्त के.सी.ले धरौटी रकम कम गरी छिटो छाडिदिने भनी पटक-पटक दु:ख हैरानी दिई घुस/रिसवत नदिए धरौटी धेरै हालिदिने भनी सेवाग्राहीसँग रु. ७,०००।– (सात हजार) घुस/रिसवत माग गरी लिएकोले निजको उक्त कार्य  भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को कसुर भएकोले बिगो रु. ७,०००।– कायम गरी निज प्रहरी नायब निरीक्षक हेमन्त के.सी. लाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (क) बमोजिम सजाय हुन मागदाबी लिई आज विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको छ ।

Total Page Visits: 1310 - Today Page Visits: 1

Leave a Reply

Your email address will not be published. Required fields are marked *