टेलिकममा कार्यरत प्राविधिक अधिकृतले नक्कली प्रमाणपत्रको आधारमा बिभिन्न सुविधा भोग गरिरहेको

नेपाल टेलिकममा कार्यरत प्राविधिक अधिकृत जयनारायण प्रसाद साहले नक्कली प्रमाणपत्रको आधारमा बिभिन्न सुविधा भोग गरिरहेको भन्ने उजुरी सम्बन्धमा अनुसन्धान हुँदा निजले भारतको बोधगयास्थित मगध विश्वविद्यालयबाट बि.ए. उत्तीर्ण गरेको झुठ्ठा शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी मिति २०४३ सालदेखि नेपाल दुरसंचार संस्थान दुरसंचार कार्यालय नक्सालमा चौथो तह, टेक्निसियन पदमा सेवा प्रवेश गरी उक्त झुठ्ठा एवं नक्कली बि.ए. को शैक्षिक योग्यताको आधारमा २०७४ सालमा सातौं तहमा बढुवासमेत भई नेपाल दुरसंचार कार्यालय सिमरामा कार्यरत रही सरकारी सुविधा तथा लाभसमेत लिएको देखिंदा निजको उक्त कार्य प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) अनुसार कसुर भएकोले निज जयनारायण प्रसाद साहलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको सजाय हुन मागदावी लिई आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ

Total Page Visits: 766 - Today Page Visits: 1

Leave a Reply

Your email address will not be published. Required fields are marked *