
श्री कुमारी आधारभूत विद्यालय शुक्लागण्डकी, तनहुँका शिक्षक शारदा अधिकारी (लामिछाने) को शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको भन्ने उजुरीउपर अनुसन्धान हुँदा निजले बिहार विद्यालय परीक्षा समिति, पटना भारतबाट माध्यमिक परीक्षा उत्तीर्ण गरेको झुठ्ठा शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी स्थायी नियुक्ति भई लाभ तथा सुविधासेमत लिई साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ एवं प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) अनुसार भ्रष्टाचारजन्य कसुर गरेको देखिन आएको हुँदा निज शारदा अधिकारी (लामिछाने) लाई साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ र दफा २९ को उपदफा (२) तथा प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको सजाय हुन मागदावी लिई आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ ।
Total Page Visits: 724 - Today Page Visits: 1