नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी प्रहरी निरीक्षकमा बढुवा भएको विरुध आरोपपत्र

नेपाल प्रहरीमा कार्यरत प्रहरी निरीक्षक अरुणकुमार शाहले परीक्षा नै नदिई भारतबाट बि.ए. पास गरेको नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी प्रहरी निरीक्षकमा बढुवा भई जागिर खाई रहेको भन्ने उजुरीउपर अनुसन्धान हुँदा निजले मगध विश्वविद्यालय, बोधगया भारत अन्तर्गतको BD EVENING COLLEGE PATANA-1 बाट बि.ए. तहको झुठ्ठा शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी सोही आधारमा प्रहरी निरीक्षक तथा प्रहरी नायब उपरीक्षक पदमा बढुवासमेत भई सरकारी लाभ तथा सुविधा लिएको देखिएबाट साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ एवं प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिम कसुर गरेको पुष्टि हुन आएको हुँदा तत्कालीन प्रहरी निरीक्षक अरुणकुमार शाहलाई साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ र सोही ऐनको दफा २९ को उपदफा (२) तथा प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको सजाय हुन मागदावी लिई आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ ।

Total Page Visits: 916 - Today Page Visits: 1

Leave a Reply

Your email address will not be published. Required fields are marked *