धनगढी उपमहानगरपालिका सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष नियन्त्रणमा

कैलाली जिल्लाको धनगढी उपमहानगरपालिका वडा नं. १२ मा अवस्थित सिद्धनाथ सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष कुवेर थापाले उक्त सामुदायिक वन अन्तर्गत पर्ने कानिखोला पुल नजिकबाट सेवाग्राहीसँग माटो झिकेको बिषयमा जे.सि.भी. र टेक्टरलाई नियन्त्रणमा लिई सरकारी नियम बिपरीत आफूखुशी जे.सि.भी. र टेक्टर छोडन भनी सेवाग्राहीबाट घुस/रिसवत माग गरिरहेको भन्ने उजुरी एवं सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कन्चनपुरबाट खटिई गएको टोलीले अध्यक्ष कुवेर थापा र कोषाध्यक्ष मोहनबहादुर सिंहलाई रु. १,६०,०००।–(एक लाख साठी हजार) घुस/रिसवत लिएको अवस्थामा सिद्धनाथ सामुदायिक वन उपभोक्ता समुहको कार्यालयबाट उक्त रकमसहित दुवै जनालाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको छ ।

Total Page Visits: 1200 - Today Page Visits: 1

Leave a Reply

Your email address will not be published. Required fields are marked *