
२४ कात्तिक, काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रुकुमबाट नायब सुव्बालाई शुक्रबार घुस/रिसवतवापतको रकम माग गरिरहेको अवस्थामा नियन्त्रणमा लिएको छ ।
जिल्ला अदालत पश्चिम रुकुम , मुसिकोटमा कार्यरत नायब सुव्बा रमेशकुमार खड्कालाई अख्तियारको टोलीले रुकुम पश्चिम मुसिकोट नगरपालिका वडा नं.१ खलंगा स्थित, राप्ती होटल एण्ड लज अगाडि जिल्ला प्रहरी कार्यालय जाने बाटोबाट सेवाग्राहीबाट रु.१५,००० घुस/रिसवतवापतको रकम माग गरिरहेको अवस्थामा पक्राउ गरेको हो।
फैसला भईसकेको मुद्दामा मालपोत कार्यालयलार्इ जग्गा दाखिल खारेज दर्ता पुर्जी उपलब्ध गराउनु पर्नेमा नगराई पटक-पटक मोलमोलाई गरी रु.६०,०००।–(साठी हजार) बाट घुस रकम बार्गेनिङ गरी अन्तिममा रु.१५,०००।–(पन्ध्र हजार) नदिईकन कागजपत्र नदिने भनी सेवाग्राहीलाई दु:ख दिइरहेको भन्ने उजुरी एवं सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतको टोलीले खड्का लाई पक्राउ गरेको हो ।
श्रोतका अनुसार खड्कालाई कात्तिक २२ गते नियन्त्रणमालिइ थप अनुसन्धान भइरहेको छ ।