नायव सुव्वा र लेखापाल रंगेहात नियन्त्रणमा

रुपन्देही जिल्ला अदालतमा कार्यरत नायव सुव्वा बुद्धि प्रकाश न्यौपाने र लेखापाल विनोद शर्मासमेतले धरौटी रकम फिर्ता दिने प्रयोजनका लागि सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलबाट खटिई गएको टोलीले निज आन्तरिक राजस्व कार्यालय, भैरहवा दरबन्दी भई रुपन्देही जिल्ला अदालतमा लेखा सम्बन्धी कामकाज गर्न खटिएका लेखापाल विनोद शर्मा र रुपन्देही जिल्ला अदालतमा कार्यरत ना.सु. बुद्धि प्रकाश न्यौपानेले सेवाग्राहीबाट घुस/रिसवत वापतको रकम रु. २,०००/- (दुई हजार) लिइसकेको अवस्थामा उक्त रकम सहित निजहरुलाई रुपन्देही जिल्ला अदालतको अगाडि बार एसोसियसन भवन नजिकैबाट रंगेहात नियन्त्रणमा लिई अनुसन्धान भइरहेको छ

Total Page Visits: 1068 - Today Page Visits: 1

Leave a Reply

Your email address will not be published. Required fields are marked *