सशस्त्र प्रहरी बेसक्याम्पमा कार्यरत सशस्त्र प्रहरी सहायक घुसमा पक्राउ

जिल्ला रुपन्देही स्थित, विष्णुपुरा सशस्त्र प्रहरी बेसक्याम्पमा कार्यरत सशस्त्र प्रहरी सहायक हवल्दार बिरेन्द्रप्रसाद चौधरीले घरायसी मालसामान ओसारपसारमा सहजीकरण गरिदिने भनी बिभिन्न बहाना बनाई सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्ने उजुरी एवं सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय वुटवलबाट खटिई गएको टोलीले निज बिरेन्द्रप्रसाद चौधरीलाई घुस/रिसवत रु. ६,०००।– (छ हजार) रकम लिइसकेको अवस्थामा उक्त रकमसहित गैडहवा गा.पा. वडा नं.-३ स्थित, सग्रहवा नजिकबाट र यसै सिलसिलामा थप अनुसन्धानको लागि सोही बेस क्याम्प रुपन्देहीमा कार्यरत सशस्त्र प्रहरी निरीक्षक तेज बहादुर जोरासमेतलाई नियन्त्रणमा लिइएको छ ।

Total Page Visits: 1465 - Today Page Visits: 1

Leave a Reply

Your email address will not be published. Required fields are marked *