
जिल्ला मोरङ स्थित इलाका प्रहरी कार्यालय, उर्लाबारीमा कार्यरत प्रहरी हवल्दार राजु श्रेष्ठले काठ फर्निचरको कारोबारमा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग घुस रकम माग गरिरहेको भन्ने उजुरी एवं सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीबाट खटिई गएको टोलीले निज राजु श्रेष्ठलाई सेवाग्राहीबाट रु. ८,०००/- (आठ हजार) घुस/रिसवत लिइसकेको अवस्थामा झापा जिल्ला दमक नगरपालिका वडा नं. ४ ताराबारीको काठमिलबाट उक्त रकमसहित नियन्त्रणमा लिई अनुसन्धान भइरहेको छ ।
Total Page Visits: 1073 - Today Page Visits: 4