शैक्षिक प्रमाणपत्र नक्कली (झुठ्ठा) रहेको हुँदा आरोप-पत्र

जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गा अन्तर्गत कार्यरत तत्कालीन प्रहरी नायव निरीक्षक मुकुन्द प्रसाद उपाध्याय (ढकाल) ले पेश गरेको शैक्षिक प्रमाणपत्र नक्कली (झुठ्ठा) रहेको र उक्त प्रमाणपत्र पेश गरी प्रहरी नायब निरीक्षकमा बढुवा भएको भन्ने उजुरी सम्बन्धमा अनुसन्धान हुँदा निजले बिहार संस्कृत शिक्षा बोर्ड पटना भारतबाट मध्यमा तह उत्तिर्ण गरेको भनी २०५१ सालमा बढुवाका लागि झुठ्ठा शैक्षिक योग्यताका प्रमाणपत्र पेश गरी २०५८ सालमा प्रहरी सहायक निरीक्षक र मिति २०६३।१०।२९ मा प्रहरी नायब निरीक्षक पदमा बढुवा भई लाभ/सुविधा लिएको देखिन आएको र निजले साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ तथा प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसुर गरेको पुष्टि हुने देखिएकोले निज तत्कालीन प्रहरी नायब निरीक्षक मुकुन्द प्रसाद उपाध्याय (ढकाल) लाई साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ र सोही ऐनको दफा २९ को उपदफा (२) तथा प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिम सजाय हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ ।

Total Page Visits: 1095 - Today Page Visits: 2

Leave a Reply

Your email address will not be published. Required fields are marked *