B.Sc. तहको नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र हुँदा आरोपपत्र

श्री शान्ति विद्यागृह मा.वि. लैनचौर काठमाडौंमा कार्यरत माध्यमिक शिक्षक तृतीय (शिक्षक) श्री दिपक बाबु अर्यालले B.Sc. तहको नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी स्थायी शिक्षक सेवामा रहेकोले छानबिन गरी पाउँ भन्ने उजुरी सम्बन्धमा अनुसन्धान हुँदा निजले मगध विश्वविद्यालय बिहार भारतबाट B.Sc. परीक्षा उत्तीर्ण गरेको झुठ्ठा नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी मिति २०५७।०२।२५ मा मा.शि. तृतीयको पदमा अस्थायी नियुक्ति र २०६३।०५।२९ मा स्थायी नियुक्ति लिई कार्यरत रही लाभसमेत लिएको देखिएकोले निज दिपक बाबु अर्यालले साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ र प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) अनुसारको कसुर गरेको देखिन आएकोले निजलाई साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ र दफा २९ को उपदफा (२) तथा प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिम सजाय हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरीएको छ ।

Total Page Visits: 946 - Today Page Visits: 1

Leave a Reply

Your email address will not be published. Required fields are marked *