नेपाल प्रहरीका प्रहरी नायव निरीक्षक जि.सी.अख्तियारको फन्दामा

१३ असोज, काठमाडौं ।   अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रूपन्देहीबाट नेपाल प्रहरीका प्रहरी नायव निरीक्षकलाई सोमबार घुससहित नियन्त्रणमा लिएको छ ।

ईलाका प्रहरी कार्यालय मंगलापुर, रूपन्देहीका प्रहरी नायव निरीक्षक खिमबहादुर जि.सी.लाई अख्तियारको टोलीले कार्यालय परिसरबाट १५ हजार रुपैयाँ घुससहित पक्राउ गरेको हो ।

बिमा सिफारिस गरिदिने प्रयोजनको लागी सेवाग्राहीसँग घुस रकम मागेको सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बुटवलको टोलीले जि.सी.लाई पक्राउ गरेको हो ।

श्रोतका अनुसार जि.सी.लाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको छ ।

Total Page Visits: 4733 - Today Page Visits: 3

Leave a Reply

Your email address will not be published. Required fields are marked *