सशस्त्र प्रहरी बलका सहायक हवल्दार अख्तियारको फन्दामा

१० असोज, काठमाडौं ।   अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नवलपरासी(बर्दघाट सुस्ता पश्चिम)बाट सशस्त्र प्रहरी सहायक हवल्दारलाई शुक्रबार घुससहित नियन्त्रणमा लिएको छ ।

सशस्त्र प्रहरी बल, बेश क्याम्प सेमरी, नवलपरासी(बर्दघाट सुस्ता पश्चिम)का सशस्त्र प्रहरी सहायक हवल्दार ज्ञानेन्द्र मौर्यलाई अख्तियारको टोलीले प्रतापपुर गाउँपालिका वडा नं. २ स्थित नौलो किराना पसलबाट ७ हजार रुपैयाँ घुससहित पक्राउ गरेको हो ।

व्यक्तिगत घरायसी प्रयोजनका लागि चाहिने सामान ओसार पोसारमा सहजिकरण गरिदिने भनी सेवाग्राहीसँग घुस रकम मागेको सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बुटवलको टोलीले मौर्यलाई पक्राउ गरेको हो ।

श्रोतका अनुसार मौर्यलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको छ ।

Total Page Visits: 547 - Today Page Visits: 1

Leave a Reply

Your email address will not be published. Required fields are marked *